सिरहा, १६ भदौ । सिरहाको गोलबजार नगरपालिका ४ बाट लागुऔषध सहित एक जना युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १३ बस्ने गौरव कुमार सिंह रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलिले स.५ प९६९२ नम्बर को मोटर साइकलमा लुकाइ छिपाई गरी लग्दै गरेको अबस्थामा सिंहलाई चेक जाच गर्दा उनको साथ बाट १९५ पिस नाईट्रो जोपाम ट्रयाबलेट प्रहरी ले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकाे छ ।
पक्राउ परेका सिंहलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय गोलबजार सिरहामा राखेर थप अनुसधान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता तथा डिएसपी अपीलराज बोहराले जानकारी दिए ।













प्रतिक्रिया