३ कार्तिक २०८३, मंगलबार

प्रभु बैंकको मध्य-बानेश्वर शाखा नयाँ बानेश्वर स्थानान्तरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ भदौ । काठमाडौँ महानगरपालिका–१०, मध्य–बानेश्वरमा रहेको प्रभु बैंक लिमिटेडको शाखा नयाँ बानेश्वरमा स्थानान्तरण गरिएको छ ।

आइतबारदेखि नयाँ बानेश्वरबाट कारोबार शुरु गरिएको बैंकले जनाएको छ । स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले गरे ।

आजदेखि स्थानान्तरण भई नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।