
इटहरी, १५ भदौ । इटहरी उपमहानगरले सडक क्षेत्राधिकार भित्रका अस्थायी संरचना र त्यहाँ राखिएका समाग्रीहरु हटाउन सुरु गरेको छ ।
सडक सुशासन कायम गर्न पूर्व–पश्चिम सडकको पचरुखीचौक देखि सडकको दायाँ बाँया साढे वयासी फिट सफा गर्न सुरु गरिएको हो ।
एक साता सम्ममा रामधुनी नगरपालिकाको सिमासम्म क्लियर गरि सक्ने उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले बताए ।
सात दिनसम्म आफै हटाउन अनुरोध गर्दा पनि नहटाएपछि उपमहानगरले हटाउन थालेको हो । रामधुनी नगरपालिकाको सिमासम्म सडक सफा गरि सकेपछि अर्को एक हप्ता पचरुखी पूर्व वुढिखोलासम्म पुनः अस्थायी संरचना र राखिएका समाग्रीहरु हटाइने मेयर चौधरीले जानकारी दिए ।

गत वर्ष भदौमा वुढिखोला देखि पचरुखीसम्म सफाई गरिएको थियो । यस वर्ष सडक सुशासन अभियान सुरु गर्नुअघि उपमहानगरले सम्बन्धित विपयगत कार्यालय र सबै सरोकारवाला पक्षसँग छलफल गरेको थियो ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव भरतमणि रिजाल समेतको उपस्थितिमा छलफल भएको थियो । कार्यक्रममा सडक डिभिजन कार्यालय, टेलिकम, विद्युत, यातायात, उद्योग वाणिज्य संघ,जनप्रतिनिधिहरु लगायतको सहभागिता थियो ।












प्रतिक्रिया