पाेर्चुगल । गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलको सातौ अधिवेशनको निर्वाचनबाट अध्यक्षमा तिलक गैरे निर्वाचित भएका छन् ।
कुल १४७२ मत खसेकोमा गैरेले ८५१ मत प्राप्त गरेका थिए । दुई स्थानका लागि निर्वाचन भएको अन्तर राष्ट्रिय समन्वय परिषद सदस्यमा रवीन अधिकारी र नारायणकाजी मगर विजयी भएका छन् छन् ।
त्यस्तैगरी महासचिव पदमा हेमराज सुवेदीले र वरिष्ठ उपाध्यक्षमा भीमसेन थापा बिजयी भएका थिए । कोषाध्यक्षमा विक्रमजङ कुँवरले र युवा संयोजकमा दिनेश भण्डारी विजयी भए।
महिला उपाध्यक्षमा सीता श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् । दुई सचिवमा यामेन्द्रकुमार घर्ती र प्रकाश ढकाल चयन भएका छन् ।
सह-कोषाध्यक्षमा तिलक कँडेल पनि निर्विरोध भएका छन् । महिला संयोजकमा सुशीला थापा निर्विरोध निर्वाचित भएकी छिन् ।
१५ सदस्यहरु सुमन शर्मा चम्लागाइँ, राजन प्रसाद ढुङ्गाना, दीपक खत्री, लक्ष्मी परियार, कल्पना कार्की, सम्झना अधिकारी पाण्डे, नवीन सापकोटा, आनन्दकुमार तामाङ, रमेश पौडेल, सुरेन्द्र गौतम, दीपेन्द्र सुवेदी, सवीन धिताल, दिलबहादुर परियार, सन्तोष नेपाली र गणेशदत्त शर्मा निर्विरोध चयन भएका छन् ।
सोमबार राती सम्पन्न घोषणा सभामा पूर्व मन्त्री वीरबहादुर बलायर, लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, पर्यटन प्रतिनिधि रमेशकुमार गुरुङ, निवर्तमान अध्यक्ष कुबेर कार्की र ईश्वर रिजालले शुभकामना दिएका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउदै बर्तमान उपाध्यक्ष तथा केन्द्रिय अध्यक्षका प्रवल दावेदार कुल आचार्यले प्रजातान्त्रिक ढंगले चुनिएर आएको ससक्त टिमले गैर आवासीय नेपाली संघलाई संस्थागत र समावेसी बनाउन मद्दत गर्ने बिश्वास व्यक्त गरे ।
हाल बिश्व दौडाहामा रहेका आचार्य गैर आवासीय नेपाली संघलाई धन हुनेको मात्र हैन मन , ज्ञान र बुद्धि हुनेको संस्था बनाउन आगामी कार्यकालमा आफ्नो नेतृत्व महत्वपूर्ण भएको बताए ।
घोषणा सभाको अध्यक्षता अशोक घिमिरे र सञ्चालन राजकुमार थापाले गरेका थिए ।















प्रतिक्रिया