१५ कार्तिक २०८३, आइतबार

भाेजपुरमा पहिराेमा पुरिएर एककाे मृत्यु, ३ जना जना घाइते

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

भोजपुर, १५ भदाै । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

अलैँची गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोमा पुरिँदा थुम्लुङ्गका ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार फोक्टेबाट भन्ने ठाउँबाट अलैँली गोडेर घर फर्कने क्रममा बाटोमा झरेको पहिरोमा पुरिँदा विष्टको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका विष्टको घर पुर्‍याएपछि ज्यान गएको हो ।

पहिरोमा अन्य तीन जना सामान्य घाइते भएका छन् ।