१५ कार्तिक २०८३, आइतबार

गाउँपालिका प्रमूखलाई बहुविवाह मुद्दा !

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, १४ भदौ । प्युठानको  गौमुखी गाउँपालिकाका प्रमूख विष्णुकुमार गिरीविरुद्ध उनकी पत्नीले बहुविवाहको मुद्दा दायर गरेकी छन् ।

पत्नी सीता केसीले आफू हुँदाहँुदै कान्छी पत्नी विहे गरेको भन्दै जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दर्ता गरिन् । उक्त विषय जिल्ला अदालतमा पुगेको छ ।

गिरीविरुद्ध अदालतमा मुद्दा दर्ता भइसकेको छ । गिरीले २०५७ सालमा विवाह गरेको र हाल १७ वर्षीया एक छोरी र १२ बर्षीय एक छोरा समेत रहेको केसीको दाबी छ ।

एक किशोरीसँग गएको २९ असारमा बिहे गरेको जानकारीमा आएपछिे मुद्धा दर्ता गराएको उनले बताइन् । नेपाली कांग्रेसका तर्फबाट गिरीले गाउँपालिका प्रमूखमा चुनाव जितेका थिए ।