३० आश्विन २०८३, शुक्रबार

हङकङमा तरुण दलका उपाध्यक्ष चापागाइँ

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हङकङ । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन हङकङ आइपुगेका छन् ।

हङकङमा रहेका चापागाइँलाई जनसम्पर्क समितिका पदाधिकारीहरूले विमानस्थलमा शनिबार स्वागत गरेका थिए । उनले शनिबारदेखि नै जनसम्पर्क समितिका सदस्यहरूसँग भेटघाट र परामर्श गर्नेछन् ।

नेपाली कांग्रेसको जनसम्पर्क समिति हङकङले राखेका कार्यक्रमहरूमा सहभागी हुने तरुण दलका उपाध्यक्ष चापागाइँले जानकारी दिएका छन् ।