१५ कार्तिक २०८३, आइतबार

घुस दिन खोज्ने चालक पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


भद्रपुर, १३ भदौ । झापाको मेचीनगर नगरपालिका–१३ मा प्रहरीलाई घुस दिन खोज्ने एक चालकलाई पक्राउ गरिएको छ । घुस दिन खोजेका मोरङको बेलबारी–११ का ५१ वर्षीय कविरबहादुर तामाङलाई आज पक्राउ गरिएको हो ।

पूर्वतर्फ आउँदै गरेको को१ज २५४५ नं को पिकअप गाडीमा गाईगोरु ल्याउँदै गरेका चालक तामाङले चारआली चोकमा जाँचमा खटिएका प्रहरीलाई रु पाँच सय घुस दिन खोजेका थिए । प्रहरीले चालक तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । –रासस