३ कार्तिक २०८३, मंगलबार

मार्सल आर्ट्स च्याम्पियनसीपमा सहभागी हुन नेपालबाट टोली जाँदै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १२ भदाै । दक्षिण कोरियाको चोङ्जु शहरमा मार्सल आर्ट्स मास्टर सीप विश्व कुरास सिनियर च्याम्पियनसीप तथा विश्व कुरास सम्मेलनमा सहभागी हुन नेपालका तर्फबाट ५ सदस्यीय टोली बिहीवार कोरिया तर्फ प्रस्थान गर्दै छ ।

विश्व कुरास सम्मेलनमा भाग लिन नेपाल कुरास संघका अध्यक्ष ध्रुव राज नेउपाने, सिनियर खेलाडि उपेन्द्र थापा, कोच दीपक कृष्ण श्रेष्ठ, इण्टरनेशनल टेक्निकल अफिसर एवं नेपाल कुरास संघका महासचिब प्रतीक्षा खरेलसहित टोली काेरिया जाँदै छ । टाेलीमा नेपाल कुरास संघका केन्द्रीय सदस्य बिष्णुकुमार श्रेष्ठको पनि सहभागिता रहेकाे छ ।

नेपालले यसअघि सन २०१६ मा कोरियामा सम्पन्न भएको सम्मेलनमा सहभागिताका साथै नेपालका सनमान गोलेले कास्य पदक प्राप्त गरेको थियो ।

नेपालको सहाभागिता प्रभाबकारी हुने र पदक जित्ने अपेक्षा गरिएको केन्द्रीय सदस्य बिस्णु कुमार श्रेष्ठले बताए ।

कोरियातर्फ जाने टोलिलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका सदस्य एबम नेपाल ट्रायथालनका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र नेपाल साईक्लिङ संघका अध्यक्ष गोपाल सुन्दर कलक्षपतिले बुधबार बिदाइ गरेका थिए ।