काठमाडाैं, १२ भदाै । माछापुच्छ्रे बैंक लिमिटेडको भदाै ११ गते बसेको संचालक समितिले गत आर्थिक बर्ष (२०७५, ७६) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई चूक्ता पूँजीको १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपियाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ संचित छ ।
माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।
नयाँ शाखाहरूमार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरूको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया