डिसी, १० भदाै । गत वर्ष अमेरिकाको भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन हत्या गरिएका स्व.रेशम बजगाइँका अभियुक्त हत्यारालाई भर्जिनियाको अदालतले ६० वर्ष कैद र २५ हजार डलर जरिमाना सुनाएको छ ।
उक्त फैसला भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले फैसला सुनाएको हो । जुरीले ६० वर्षको र २५ हजार डलरको सिफारिस गरे पछि न्यायधीशले उक्त निर्णय सुनाएका हुन् ।
रेशमका पक्षका वकिलले हत्यारालाई जन्म कैद सिफारिस गरेको तर अभियुक्त हत्याराका वकिलले २० वर्षको सजायको प्रस्ताव गरेका थिए । सजाय समय तोक्ने विषयमा दुवै पक्षका वकिलहरूको बहस भएको थियो ।
तर जुरीले उनीहरूको दाबीलाई नकार्दै हदै सम्मको सजाय सुनाएका थिए । हत्यारा जेल आगामी नोभेम्बर २२ मा जाने छन् ।
भर्जिनियाको हरन्डन शहरस्थित सुनोको ईन्धन चौकीमा स्व रेशम बजगाईलाई आगो निभाउने उपकरणले हिर्काएर माथिल्लो भागमा ज्यादा चोट पटक लागेको कारण बजगाइँको मृत्यु भएको थियो । त्यसको साथै अन्य फलामे चिज तथा घाँटी न्याकेको समेत प्रमाण फेला परेको छ ।
फैसला हुनुअघि घटनाको सम्पूर्ण प्रमाण अदालतको न्यायाधीशलाई देखाईएको थियो । यसको फैसला दुई चरणमा गरिएको थियो । पहिलो चरणमा हत्यालाई प्रथम श्रेणीको हत्याको किटानी गरियो । स्मरण रहोस, प्रथम श्रेणीको हत्याको लागि कम्तिमा २० वर्ष र बढीमा जन्म कैद हुन्छ ।
दोश्रो चरणको सुनुवाई पछि ६० वर्षको कैद र २५ हजार डलरको जरिमाना सुनाईएको हो । प्रहरीले गत वर्ष नै हरन्डन शहर कै किनमेल बजारको कार पार्कबाट अभियुक्त हत्यारा मोहमद ए अब्दुल्लाहीलाई पक्राउ गरेको थियो । उनलाई प्रथम श्रेणीको हत्याको आरोप लगाई ६० वर्षको कैद सुनाएको हो ।
नेपाली मूलका ४० वर्षीय स्व रेशम बजगाइँलाई गत बर्ष बुधबारका दिन बिहान १ बजेर १५ मिनेटमा हत्या गरेको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो ।
मृतक बजगाई सेप्टेम्बर २०१७ मा अमेरिका आएका थिए । उनि उक्त सुनोको ग्यास स्टेसनमा हप्तामा एक पटक मात्र काम गर्ने र त्यही दिन काम गर्न आएका थिए ।
अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व बजगाई आफ्नी जीवन संगिनी तथा ६ वर्षीया छोरीसंग बस्दै आएका थिए । हरन्डनको किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको थियो ।
















प्रतिक्रिया