३० आश्विन २०८३, शुक्रबार

गैरआवासीय संघको स्कटल्यान्डको सचिवमा गुल्मीका दिवाकर पान्डेयको उम्मेदवारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएन) युके राज्य परिषद स्कटल्यान्डको निर्वाचनमा दिवाकर पान्डेयले सचिव पदमा उम्मेद्वारी दिएका छन् ।

सेप्टेम्बर १४ मा हुन लागेको चुनावमा उनले उम्मेद्वारी दिएका हुन् । विगत ७ वर्षदेखि स्कटल्यान्डमा बस्दै आएका  पान्डेयकाे नेपालमा गुल्मीको सत्यवति गाउँपालिका–१, अस्लेवाकामा घर रहेकाे छ।

यसअघि स्कटल्यान्ड राज्य समितिको सहसचिव रही १ वर्ष काम गरिसकेका पान्डेयले अहिलेको चुनावमा सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले भने, “कर्मथलो स्कटल्यान्डसँग गाँसिएको नेपाली समुदाय आफ्नो परिवार मान्दै सेप्टेम्बर १४ मा हुन लागेको चुनावमा मेरो उम्मेदवारीले मेरो सिंगो परिवारको मन जित्नेमा आफु विश्वस्त छु ।”