
काठमाडौँ, ९ भदौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चन्द्रागिरी नगरपालिका वडा नं १४, नैकापमा कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रालिबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गर्नुु भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरुले भारतको प्रसिद्ध टाटा TATA कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ख प्रालिबाट नयाँ गाडी खरीद गर्न चाहेमा सम्झौताअनुसार कर्जा सम्बन्धी सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।
भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने ल्ब्म्ब् अटो शोमा यस बैँकको स्टल न NADA बाट थप जानकारी पाउन सकिनेछ । यस सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।















प्रतिक्रिया