१५ कार्तिक २०८३, आइतबार

इटहरीका जनप्रतिनिधिको आक्रोश : ट्याङ्गग्रापुल मर्मतमा सडक डिभिजन किन उदासिन ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


इटहरी, ९ भदौ । सडकमा भएका खाल्डाखुल्डी पुर्न र ट्याङ्गग्रापुल मर्मत गर्न सडक डिभिजन कार्यालय उदासिन रहेको भन्दै इटहरी उपमहानगरका जनप्रतिनिधिले आक्रोस व्यक्त गरेका छन् ।

सडक शुसासनका लागि इटहरी उपमहानगरले सरोकारवाला र विषयगत कार्यालयहरुसँग गरेको छलफल कार्याक्रममा आक्रोस जनाएका हुन् । छलफलमा इटहरी वडा नम्वर ६ का वडाध्यक्ष चन्द्र भट्टराईले ट्याङ्गग्रापुल मर्मतमा सडक डिभिजन कार्यालयले देखाएको ढिलासुस्ती र गुणस्तहीन कार्यको बारेमा ध्यानाकर्षण गराए ।

उनले सडकमा भएका खाल्डाखुल्डी पुर्न र ट्याँग्राखोलाको पुल मर्मतमा किन लापरवाही गरिएको होे प्रश्न गरे । काम भएपनि टालटुले काम हुने र निर्माण नसकि भत्किने उनले बताए ।

इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीको पटक पटकको ताकेतामा ट्यांग्रापुलको मर्मत भएपनि पुनः भत्किएको छ । दुवै तर्फका रेलिङ्ग भत्किएका कारण दुर्घटनाको जोखिम बढेको छ । ट्याङ्गग्रापुल पूर्व पश्चिम सडक खण्डमा पर्ने इटहरी बजारमै रहेको पुल हो । जुन पुल भएर दिनमा हजारौँ सवारी साधन गुड्छन् ।

सडकमा दर्जनौँ खाल्डाखुल्डीका कारण यातायात आवागमनमा समस्या छ । सडक डिभिजन कार्यालय विराटनगरका इन्जिनियर कैलाश देवले भने सडक मर्मतमा वर्षमा सालवसाली टेण्डर हुने र त्यो साउन भदौमा मात्र हुने बनाए । यस वर्षको टेण्डर नै अझै नखुलेको उनको भनाई छ ।

राजमार्ग संघीय सरकार अन्र्तगत भएकाले स्थानीय तहले सडकमा खर्च गरे वेरुजु आउने समस्या भएकाले काम गर्न नमिल्ने अवस्था छ ।