
काठमाडौँ, ९ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक शुरु भएको हो ।
आजको बैठमा पार्टी एकतालाई पुर्णता दिन बाँकी रहेका कामको विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर गएपछि सचिवालयको निर्णयअनुसार अध्यक्ष प्रचण्डले आजको बैठक बोलाएका थिए ।
अघिल्लो वर्ष जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपनि अहिलेसम्म एकताले पूर्णता पाएको छैन । नेकपाले नेताहरुको कार्यविभाजनदेखि जनसंगठनसम्मको इञ्चार्ज–सहइञ्चार्ज र संयोजक–सहसंयोजक तोकिसकेको छ ।
आजको बैठकमा केन्द्रीय आयोग, विभागका सदस्यहरु, महानगर कमिटी–प्रवास कमिटीको टुंगो लगाउने एजेण्डा रहेको छ ।
यो पनि पढ्नुहाेस्















प्रतिक्रिया