४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री सिंगापुरमा ; यता क्याबिनेट बस्दै, तर कसरी ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । पहिलोपटक भिडियो कन्फेरेन्समार्फत् मन्त्रिपरिषद्को बैठक बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्समार्फत् सामेल हुने गरी आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली उपचारका क्रममा सिंगापुरमा  छन् । ओली भिडियो कन्फेरेन्समार्फत् उतैबाट सहभागी हुनेछन् भने अन्य मन्त्रीहरु सिंहदरबारमा रहनेछन् ।

गर्नैपर्ने अत्यावश्यक र नियमित काम नरोकिउन भनेर प्रधानमन्त्री विदेशमै रहेको अबस्थामा पनि पहिलोपटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न लागको हो ।

भिडियो कन्फेरेन्समा सिंहदरबारबाट सबै मन्त्री सहभागी हुने र उताबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्सका माध्यमबाट बैठकमा सहभागी हुने भएपछि सरकारले गएको बुधबार मन्त्रिपरिषद बैठक सञ्चालन विधि समेत परिवर्तन गरेको थियो।

जसले काठमाडौं बाहिर रहँदा पनि प्रधानमन्त्रीलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको छ। नेपाल सरकारले मन्त्रिपरिषदको बैठकमा पहिलो पटक भिडियो कन्फेरेन्सको प्रयोग गर्न लागेको हो।

उपचारका क्रममा झण्डै एक महिनासम्म प्रधानमन्त्री सिंगापुर रहने सम्भावना रहेको उनीनिटक स्रोतले जनाएको छ ।