आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

अमेरिकामा नेपाली मूलका उत्सव सिंहलाई शारीरिक सुगठनमा स्वर्ण पदक

दैनिक नेपाल २०७६ भदौ ८ गते २०:०७


-विजय थापा
डिसी, ८ भदौ । अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका उत्सव सिंहलाई शारीरिक सुगठनमा स्वर्ण पदक प्राप्त भएको छ । टेक्सस राज्यको ड्यालसमा विगत ५ वर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो ।

बुटवल शहर उप नगरपालिकाकै रैथाने सिंहले प्रतियोगतामा स्वर्ण पदक प्राप्त गरि नेपाल र नेपालीको नाम राख्न सफल भएकोमा गर्व लागेको बताए ।

गत अगस्त २४ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त भएको हो । ट्रु नोविस ए मेन्स फिजिक्स श्रेणीमा उनले प्रथम स्थान हासिल गरेका हुन् ।

अमेरिकामा हाल सम्म सम्म भएको शारीरिक सुगठनमा स्वर्ण पदक प्राप्त गर्ने उत्सव सिंह सम्भवत पहिलो नेपाली हुन् । उक्त प्रतियोगितामा भाग लिने एक मात्र नेपाली हुन् । टेक्सस ड्यालस मै दैनिक अभ्यास गर्ने गरेता पनि प्रतियोगिताको लागि उनी डिसी आएका हुन् ।

दैनिक ६ घण्टा बिहान ३ घण्टा र साँझ ३ घण्टा कसरत गर्ने गरेको सिंहले बताए । नेपाल देखि नै शारीरिक सुगठन प्रतियोगितामा भाग लिदै आएका सिंहले नेपालमा भएका बिभिन्न प्रतियोगितामा पदक प्राप्त गरेका छन् ।

उनि नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा तेश्रो स्थान प्राप्त गरेका थिए । नेपालमा शारीरिक सुगठनको अन्य खेल खेलेका छन् ।

भक्तपुरमा भएको अर्को प्रतिस्प्रद्धामा मिस्टर बडी बिल्डिंग अफ द यिएरमा दोश्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समुहमा तेश्रो स्थान समेत भएका थिए ।

यसै गरि बुटवल श्री प्रतियोगितामा आफ्नो तौल समूह प्रतियोगितामा तेश्रो स्थान हासिल गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित