१५ कार्तिक २०८३, आइतबार

महालक्ष्मी विकास बैंकद्वारा वृक्षारोपण सम्पन्न

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । महालक्ष्मी विकास बैंक लिको महाराजगंज शाखा र तुलसीपुर शाखाले शनिबार छुट्टाछुट्टै स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेका छन् ।

महाराजगंज शाखाले काठमाडौं जिल्लाको काठमाडाैँ महानगरपालिका वडा नं ३, महाराजगंजदेखि न्युरो अस्पतालसम्म वृक्षारोपण गरेका छ । उक्त कार्यक्रम उद्घाटन संयुक्त रुपमा वृक्षारोपण गरी सोही वडाका अध्यक्ष दिपक के. सी र बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेद्वारा गरिएको थियो ।

महानगरपालिका हरियाली प्रवर्धन नीतिका साथै वातावरणीय संरक्षणमा सहयोग पुर्याउने उद्देश्यले बैकले वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको हो ।

यसका साथै बैँकको तुलसीपुर शाखाले दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका वडा नं ८, दुधेनामा पनि शनिबार नै वृक्षारोपण गरेको हो । बैँकका दुइ शाखाद्वारा कल्कि, शिरीष, असारे, कपुर, निम, सल्लो लगायत विभिन्न प्रकारका बरुवा वृक्षारोपण गरेका छन् ।

बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।