नयाँदिल्ली, ८ भदाै । भारतका पूर्व वित्तमन्त्री अरुण जेटलीको निधन भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी भक्कानिएका छन् ।
शनिबार वहराइन गएका मोदीले त्यहाँ प्रवासी भारतीयहरुलाई सम्बोधन गर्दै आफ्नो साथीले छाडेर गएको बताए । मोदी वहराइन भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन् ।
वहराइनमा रहेका भारतीय समुदायलाई सम्बोधन गर्ने क्रममा मोदीले पूर्व वित्तमन्त्री जेटलीको नाम लिएका थिए । लामो समयदेखि स्वास्थ्य समस्यासँग जुध्दै आएका जेटलीको शनिबार एम्स अस्पतालमा निधन भएको थियो ।
मोदीले भाषणका क्रममा देशले कृष्ण जन्माष्टमीको उत्सव मनाउँदै गर्दा आफुभित्र एक ठूलो शोक एवं पीडा दबिएको बताए ।
मोदीले भने–”विद्यार्थीकालमा जुन साथीका साथ सार्वजनिक जीवनको एक–एक कदम सँगै चालेको थिएँ, यतिखेर म कल्पना पनि गर्न सक्दिनँ कि म यति टाढा आइपुगेको छु र मेरो एक साथीले मलाई छाडेर गएको छ ।”
पूर्व-विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको केही दिनपनि वित्न नपाउँदै फेरी आफ्नो साथी जेटलीको निधन भएको मोदीले बताए । यतिखेर आफु निकै द्विविधामा परेको तथा एकातर्फ मित्रताको शिलशिला भावनात्मक वियोगमा बदलिएको पनि मोदीको भनाई छ ।















प्रतिक्रिया