आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

घाेराहीकाे हाेटेलमा बास बसेका व्यक्ति मृत फेला

दैनिक नेपाल २०७६ भदौ ८ गते ८:५१

घाेराही, ८ भदाै । दाङ जिल्लाकाे घाेराहीमा होटलमा बास बसेका एक व्यक्ति मृत फेला परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित शंकर होटलमा बास बसेका बंगलाचुली गाउँपालिका वडा नम्बर ८ रानीवास निवासी २३ वर्षीय लालु घर्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

भारतको महाराष्ट्रबाट रोजगारी गरेर फर्किएका ६ जना व्यक्ती सोही होटलमा बास वसेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित