२९ आश्विन २०८३, बिहिबार

अन्तरिक्षबाट पृथ्वीमा बदमासी

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । अन्तरिक्षबाट पृथ्वीमा बदमासी गर्न सकिन्छ ? अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेन उहींबाट उनका पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेपिरहेकी छन् ।

अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले यसको अनुसन्धान सुरु गरेको छ। र, उनले यसलाई स्वीकारेकी पनि छन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता हेरेको तर कुनै गलत नगरेको म्याकक्लेनले न्युयोर्क टाइम्सलाई बताएकी छन्। पूर्वपति समर वोर्डेनले फेडेरल ट्रेड कमिसनमा यसबारे उजुरी गरेका छन्।

सन् २०१८ डिसेम्बरमा अन्तरिक्ष यात्रामा निस्किएकी म्याकक्लेन ६ महिनामा पृथ्वी फर्किएकी थिइन्। उनले वोर्डेनसँग छोरा हुर्काउन यथेष्ठ पैसा रहे/नरहेको निचोडमा पुग्न खाता हेरेको बताएकी छन्। सन् २०१४ मा विवाह गरेका उनीहरूले २०१८ मा सम्बन्ध विच्छेद गर्न निवेदन दिएका थिए।

नियमअनुसार जुन देशको अन्तरिक्षयात्रीले अपराध गरेको हो, त्यही देशको कानुन लागू हुन्छ। यसअघि यस्तो कुनै अपराधको घटना भएको छैन। प्रमाणित भएमा म्याकक्लेन पहिलो ‘अपराधी’ हुनेछिन् ।