३० आश्विन २०८३, शुक्रबार

मेलबर्नमा तीज कार्यक्रम सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेलबर्न । दिदीबहिनी समाज भिक्टोरियाको आयोजनामा अस्ट्रेलियाको मेलबर्नमा तीज कार्यक्रम मेरिल्यान्ड सिटी काउन्सिलका मेयर नातालिय अब्बाउडको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष जमुना पराजुलीले स्वागत मन्तब्य ब्यक्त गर्नु हुँदै तीज नेपाली महिलाहरुको महान चाड भएको र बिशेषत: यस्लाई सामाजिक उदेस्य सहित संचलान गर्न पाएकोमा गर्ब महसूस भएको बताए ।

संस्थाले प्रत्येक बर्षको तीजबाट संकलित रकम नेपालमा हिंसा पीडित महिला तथा बालिकाहरूको सहयोगको लागि प्रयोग गर्दै आइरहेकोमा यो बर्ष पनि सोही प्रायोजनकै लागि प्रयोग गरिने जानकारी संस्थाकी कोषाध्यक्ष प्रभा श्रेष्ठले जानकारी दिइन् ।

प्रबेश शुल्क १५ डलर राखिएको उक्त कार्यक्रममा ६ सयभन्दा बढीको उपस्थिति रहेकोमा नेपालबाट भिजिट भिसामा आएका आमाबुबा, विद्यार्थी, केटाकेटीहरूलाई भने नि:शुल्क प्रबेशको ब्यबस्था गरिएको थियो ।

कार्यक्रममा आमन्त्रित अतिथि कलाकारद्वय गायक सन्जिब पराजुली तथा गायिका टिका प्रसाईलाइ समितिका तर्फबाट प्रभा श्रेष्ठ र जमुना पराजुलीले मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा कर्के नजर, नाइँ मलाइ थाहा छैन, एउटा कुरा भनौ, पहिलो भेटैमा जस्ता बिभिन्न लोकप्रिय गीतहरू गाइसकेका आजका चर्चित लोकप्रिय गायक गायिका सन्जिब पराजुली तथा टीका प्रसाईका बिभिन्न गीत तथा तीजका गीतहरुमा नेपालीहरुसंगै बिदेशीहरु पनि नाचेका थिए ।

दीव्या सङ्गामी, मोनिका तामाङ्ग, रुची गौतमद्वारा संयुक्त रुपमा संचलान गरेको उक्त कार्यक्रममा आयोजक संस्थाका कार्यकारी सदस्य निर्मला नेउपानेले कार्यक्रम सफलतापूर्बक सम्पन्न गर्न आ-आफ्नो तर्फबाट साथ र सहयोग गर्नु हुने सम्पूर्ण कलाकार, स्पन्सर, संचारकर्मी, स्वयं सेवक, उपस्थित नेपाली समुदाय, संस्थामा आबद्ध प्रतिनिधिहरुप्रति हार्दिक आभार प्रकट भएकाे छ ।