१५ कार्तिक २०८३, आइतबार

अरिङ्गालको टोकाइबाट एक महिलाको मृत्यु

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


जाजरकोट, ७ भदौ । जाजरकोटमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । नलगाड नगरपालिका– १ पालि ठूलाबगरका ५५ वर्षीया बेलमति पुनको अरिङ्गालको टोकाइबाट आज मुत्यु भएको हो ।

घाँस काट्न गएकाबेला शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लिन सिफारिश गरे पनि परिवारका सदस्यले बेलमतिलाई केही सञ्चो भएको भन्दै शुक्रबार राति घर फर्काएका थिए ।

आज बिहान फेरि दुखाइ बढेपछि रुकुम पश्चिमको आठबिसकोट नगर अस्पाल पु¥याएको भए पनि उपचार गर्दा, गर्दा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । –रासस