३० आश्विन २०८३, शुक्रबार

गैरआवसीय नेपाली संघ पोर्चुगलको चुनावी माहोल सुरु

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भगवान गिरी
लिस्बन, ७ भदौ । गैर आवसीय नेपाली संघ पोर्चुगलको साताँै अधिवेशनको रौनक बढेको छ । ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मुल नाराको साथमा पोर्चुगलका नेपाली समुदायहरु अधिवेशनमा होमिएको छन् । अधिवेशन अगस्ट २५ र २६ मा हुनेभएको छ ।

अधिवेशनले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गर्दैछ । गैरआवसीय नेपाली संघको विधानअनरुप संस्था सबैको संस्था हो भन्ने बनाउन कुनै राजनैतिक हस्तक्षेप हुन नहुने र कुनै राजनैतिक जातीय संस्थाहरुको समुह बनाउन चुनाव अभियान लाग्न नमिल्ने प्रवधान छ । सोहीअनरुप पोर्चुगलमा प्रगतिशील समावेशी समूह, लोकतान्त्रिक समूह र स्वतन्त्र उम्मेद्वारकोबीचमा चुनाव हुने भएको छ ।

चुनावको लागि प्रगतिशील समावेशी समूहबाट आईसीसी सदस्य को लागी गोभिन्द सापकोटा र धनराज शेर्पाको उम्मेद्वारी परेको छ । लोकतान्त्रिक समूहबाट रबिन अधिकारी र नारायण काजी मगरको उम्मेद्वारी परेको छ ।

सापकोटा र मगर वर्तमान एनआरएनए पोर्चुगलका उपाध्यक्ष हुन शेर्पा पोर्चुगलका १३, १५ को सदस्य हालको सल्लाहकार छन् भने अधिकारी वर्तमान एनआरएनको युवा सयोजक छन् । आईसिसि दुई सदस्यको लागि चुनाव हुँदैछ ।

अध्यक्षको लागि प्रगतिशील समावेशी समुहका ईश्वर रिजाल, लोकतान्त्रिक समुहका तिलक गैरेबीचमा हुँदैछ भने रिजाल वर्तमान कार्यसमितिको उपाध्यक्ष हुन् भने तिलक गैरे पनि वरिस्ठ उपाध्यक्ष छन् ।

वरिस्ठ उपाध्यक्षको लागि लोकतान्त्रिक समूहका भिमसेन थापा, प्रगतिशील समावेशी समूहका आनन्द गुरुङले उम्मेद्वारी दिएका छन् । थापा वर्तमान समितिका सदस्य हुन् भने गुरुङ कोरियाको महासचिव भएर काम गरेको अनुभव छ ।

उपाध्यक्ष दुई पदका लागि हुने चुनावमा प्रगतिशील समावेशी समुहका अशोक गुरुङ र पेम्छिरी शेर्पाले उम्मेद्वारी दिएका छन् । त्यस्तै, लोकतान्त्रिक समूहबाट अशोक गुरुङ र मक्षेन्द्र अर्यालले उम्मेद्वारी घोषणा गरेका छन् । भने स्वतन्त्र उम्मेद्वार सन्चारकर्मी गणेश पाण्डेले दिएका छन । अशोक गुरुङ दुवै टिम ले साझा उम्मेदवार बनाएका छन् ।

१ महिला उपाध्यक्षमा हुने निर्वाचनमा लोकतान्त्रिक समुहकी सिता श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन् । १ महासचिवमा हुने चुनावको लागि प्रगतिशील समावेशीको तर्फबाट हेमराज सुवेदी, लोकतान्त्रिक समुहका प्रकाश कडरियाले उम्मेद्वारी दिएका छन् । सुवेदी एन आर एन ए १५(१७ कार्यसमिति प्रवक्ता थिए भने कडरिया वर्तमान कार्यसमितिको सचिव थियो ।

दुई सचिवको लागि हुने निर्वाचनमा प्रगतिशील समावेशी समूह प्रकाश ढकाल, लोकतान्त्रिक समूहका यमेन्द्र घती निर्विरोध निर्वाचित भएका छन् ।

१ कोषाध्यक्ष पदको लागि हुने चुनावको लागि प्रगतिशीलका हरि थापा, लोकतान्त्रिकका बिक्रम जङ कुवर ले उम्मेदवारी दिएका छन् ।
१ महिला सयोजकका लागि प्रगतिशील समाबेशी समुहकी सुशीला थापा निर्विरोध निर्वा्चित भएकी छन् ।

संघ को १९(२१ को कार्यसमिति १ सहकोषाक्ष्य १५ सदस्यहरु निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । २००६ मा स्थापना भएको एनआरएनए पोर्चुगलमा पहिलो पटक चुनाव हुने भएकोले दुवै पक्ष जीत हुने आआफ्नो दावी गर्दै प्रचारप्रसारमा जोड दिएका छन् ।

सामाजिक संजाललाई आफ्नो प्रचारप्रसारको माध्यम बनाएका छन् । निर्वाचन पोर्चुगलको तीन क्षेत्रहरू लिस्बन, अलेन्तेजो, अर्गाभामा बुथ राख्ने निर्वाचन निष्पक्ष निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।