१५ कार्तिक २०८३, आइतबार

‘बेटी बचाउ, बेटी पढाऔँ’ अभियानलाई साथ दिन मुख्यमन्त्रीकाे आग्रह

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कलैइँ, ७ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई उचाइमा पुर्‍याउनका लागि सबैलाई आग्रह गर्नुभएको छ ।

बाराको कलैयास्थित नेरा मावि मदर्शामा ‘मुख्यमन्त्री बेटी बचाऔँ बेटी पढाऔँ’ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा उहाँले समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको दाबी गर्नुभयो ।

समाजमा छोरीलाई विभिन्न प्रकारले हेला गर्न थालेका कारण प्रदेश २ सरकारले सो अभियान ल्याएको मुख्यमन्त्री राउतले बताउनुभयो । छोरा सरह छोरीलाई पनि शिक्षाको मूलधारमा ल्याउन अभियान निकै सार्थक भएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री राउतले सङ्घीय सरकारका कारण प्रदेशमा चाहे जस्तो विकास गर्न नसकेको बताउनुभयो । “प्रदेश नं २ लाई सङ्घीय सरकारले कुदृष्टिले हेरिरहेको छ”, उहाँको आरोप थियो ।

प्रदेश २ का अर्थ राज्यमन्त्री उषा यादवले तराई मधेशको जनताको अधिकार दिलाउनका लागि प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा सांसद रामबाबुकुमार यादव, प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, पारस साह, मोहमद समिर, प्रल्लाह गिरी, जगत अंसारीलगायतको उपस्थिति थियो । कार्यक्रममा कक्षा ८ मा अध्ययनरत ९२ छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गर्नुभएको शिक्षिका सावित्री शर्माले जानकारी दिनुभयो । –रासस