
राजस्थान, ७ भदौ । भारतको राजस्थानस्थित राजसमन्द जिल्लामा ट्यांकर अनियन्त्रित भएर कारमाथि पल्टिदाँ ९ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मर्ने सबै एकै परिवारको भएको बताइएको छ ।
ट्यांकरले भरी एसिड बोकेको थियो । मृत्यु हुनेमा तीन बच्चा, दुई महिला र चार पुरुष रहेका छन् । उक्त परिवार घुम्न निस्किएका थिए ।
पल्टिएको ट्यांकरबाट एसिडको पोखिएकाले दुर्घटनाको तीन घण्टापछि मात्र शवलाई बाहिर निकालिएको थियो । दुर्घटनाबाट भ्यानमा सबार सबैको ज्यान गएको छ । दुर्घटनाले गर्दा पाँच घण्टासम्म सडक जाम भएको थियो । –एजेन्सी















प्रतिक्रिया