बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

दैनिक नेपाल २०७६ भदौ ६ गते १९:०६

-प्रतिक पौडेल

भैरहवा, भदौ ६। लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।

बिहिवार राति ११ बजे ५ नं. प्रदेश प्रहरी कार्यालय दाङको ब्यूरो तथा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई १ सय ६० ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

उनिहरुलाई रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वार्ड नं.२ शान्तिकुञ्जमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लु २७ प ७२ नं.को मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा सरावन न.पा.६, नवलपरासी बस्ने २८ बर्षीय मुन्ना कहार र २९ बर्षीय रेशमराज कहारको शरीरबाट १६० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको हो ।

उनिहरु दुबै जना नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले  जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित