सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

संविधान दिवसको प्रमुख अतिथि बन्न मोदीलाई निम्तो !

दैनिक नेपाल २०७६ भदौ ६ गते १७:४३

काठमाडौं, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसमा प्रमुख अतिथि बन्न भारतीय समकक्षी नरेन्द्र मोदीलाई निम्तो पठाएका छन् ।

स्रोतका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरसँग बुधबार भएको भेटघाटमा ओलीले मोदीलाई प्रमुख अतिथि बन्न निम्तो पत्र पठाएका हुन् ।

स्रोतका अनुसार भारतीय पक्षबाट निम्तो स्वीकार्ने/नस्वीकार्ने खबर आइसकेको छैन । नेपालले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस मनाउनका लागि भव्य तयारी गर्न निर्देशन दिइसकेका छन् ।

तर, नेपालको संविधानका कतिपय प्रावधानमा असहमति प्रकट गर्दै तत्काल संविधान जारी नगर्न मोदीले  तत्कालीन विदेशसचिव एस जयशंकर (हाल विदेशमन्त्री)मार्फत सन्देश पठाएका थिए ।

त्यतिबेला नेपाल आएका आएका जयशंकरले संविधान जारी गर्ने दिन सार्न भनेका थिए तर, ओलीले कडा जवाफ फर्काएका थिए ।

भारतको आग्रहलाई बेवास्ता गर्दै नेपालका राजनीतिक दलहरूले संविधान जारी गरेपछि भारतले नेपालमाथि झन्डै ६ महिना नाकाबन्दी लगाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित