सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

राप्रपा संयुक्तको केन्द्रीय बैठक भदौ १९ र २० गते

दैनिक नेपाल २०७६ भदौ ६ गते १६:५६

फाइल तस्वीर

काठमाडौँ, ६ भदौ । राप्रपा (संयुक्त) को केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय कार्य समितिको संयुक्त बैठक यही भदौ १९ र २० गते काठमाडौँमा बस्ने भएको छ ।

पशुपति समशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षद्वयको नेतृत्वमा रहेको राप्रपा (संयुक्त)को दुई दिन चल्ने वैठकले जनकपुर–वाल्मीकि आश्रम–लुम्बिनी यात्रालाई दिशानिर्देश गर्नेछ ।

प्रवक्ता सगनु सुन्दर लावतीले जनाए अनुसार, बैठकले समसामयिक घटनाक्रम मध्यनजर गर्दै पार्टीको भावी नीति, कार्यक्रमबारे छलफल र महत्वपूर्ण निर्णय लिनेछ । आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गरिनेछ ।

राप्रपा (संयुक्त)ले सम्वर्द्धनवादी उदारवाद, लोककल्याणकारी उदारवाद, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षमा वकालत गर्दै आएको छ ।

संविधानको मूलभूत आधारमा असहमतिका बाबजुद राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र मानव अधिकारप्रति पार्टी प्रतिवद्ध रहेको जनाएको छ ।

विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा राप्रपा (संयुक्त)को बैठक महत्वपूर्ण रहने अपेक्षा गरिएको छ । बैठक अर्पण पार्टी प्यालेस, थापागाउँ, काठमाडौंमा सम्पन्न हुनेछ ।

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी)को एकीकरणपश्चात सम्पन्न हुन लागेको यो पहिलो केन्द्रीय कार्य समितिको बैठक हो ।

प्रतिक्रिया
सम्बन्धित