आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

उद्यमशीलतामा सासमङद्वारा विशेष सहयोग प्रदान

दैनिक नेपाल २०७६ भदौ ६ गते १६:४४

काठमाडौँ, ६ भदौ । सामसङ इलेक्ट्रोनिक्स् कम्पनी लिमिटेड विश्वमा आमूल परिवर्तन ल्याउने आइडिया तथा इन्नोभेसन मार्पmत नवीन र टेक्नोलोजी–सम्पन्न भविष्यको निर्माण गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

कम्पनीले टिभी, स्मार्टफोन, वेरेबल डिभाइसेस, ट्याब्लेट, क्यामेरा, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम, सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्स्को क्षेत्रहरुलाई नयाँ परिभाषा दिँदै आएको छ ।

सामाजिक भेदभाव, घरेलु हिंसा, सामाजिक असुरक्षा आदि महिलाहरुले भोग्ने गरेको पाइन्छ । यस्ता समस्याहरुबाट महिला वर्गलाई माथि उठाउन शिक्षा एवं उद्यमशीलताको आवश्यकता पर्दछ भन्ने मान्यता सदैव सामसङले राख्दै आएको छ ।

यही कुरालाई मध्यनजर गरी सामसङ इलेक्ट्रोनिक्सले विगतका केही वर्षदेखि CSR initiatives अन्तर्गत नेपालमा पनि आफ्नो तर्फबाट महिला उद्यमशीलताको लागि नेपाल स्थित विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी विभिन्न कार्यहरु सञ्चालन तथा त्यस्ता कार्यक्रमहरुमा सामसङको तर्फबाट सहयोग प्रदान गर्दै आएको छ ।

यसै सिलसिलामा आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ र ३ मा एकीकृत विकासका कार्यक्रमहरुलाई आफ्नो तर्फबाट विशेष सहयोग प्रदान गरेको छ । स्वयंसेवी अभियान नेपालद्वारा तार्केश्वर नगरपालिका वडा न २ र ३ मा आयोजना गरिएको महिला उद्यमशीलता, सूचना प्रविधि र अनलाईन बजार प्रर्वद्धन तथा सीप विकास तालिमलाई सासमङले आफ्नो तर्फबाट विशेष सहयोग प्रदान गरेको छ ।

स्वयंसेवी अभियानले महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत महिला समूहहरु गठन गरी शिक्षा र जीवनोपयोगी सीप, लघुवित्त र उद्यमशीलता विकास परियोजनाहरु संचालन गर्दै आइरहेको छ । परियोजनालाई सामसङले प्राविधिक सहयोग प्रदान समेत गर्दै आएको छ । हालसम्म ता.न.पा वडा नं २ मा ३८ महिला समूह गठन भई ३४६ जना र वडा नं ३ मा १०९ महिला समूह गठन भई ७७६ जना महिलाहरु प्रत्यक्ष संलग्न भएका छन् ।

तालिममा प्रशिक्षार्थी महिलाहरुले उद्यमशीलताको ज्ञान, सूचना प्रविधिको प्रयोग मार्फत उत्पादनको बजारीकरण र सामाजिक संजाल मार्फत अनलाईन नेटवर्किङ विकासको ज्ञान र सीपको विकास गर्ने अवसर प्राप्त गर्नेछन् । यो तालिमबाट यस क्षेत्रका आय आर्जनमा संलग्न महिलाहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यस अघि गत वर्ष विद्यालयका विद्यार्थीहरुलाई आइटी सम्बन्धी प्रशिक्षण दिन कोरियाबाट २७ जनाको समूह आएको थियो र उक्त समूहमा रहेका प्राविधिकहरुले नेपालका करिव १०० विद्यार्थी र विभिन्न स्कुलका १० जना कम्प्युटर शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।

यस्ता कदमले महिला उद्यामशीलताको विकासमा टेवा पुगी कोरिया र नेपाल बीचको मित्रता अझ बलियो बन्ने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित