४ कार्तिक २०८३, बुधबार

युरोपा लिगको छनौट चरणमा वुल्भ्ससँग टोरिनो पराजित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ भदाै । युरोपा लिग फुटबलको छनौट चरण अन्तर्गत प्ले–अफको पहिलो लेगमा इंग्लिस क्लब वुल्भ्स विजयी भएको छ । अवे मैदानमा भएको खेलमा वुल्भ्सले इटालियन क्लब टोरिनोलाई ३–२ ले पराजित गरेको हो ।

उपहार गोलबाट वुल्भ्सले पहिलो हाफमा अग्रता लिएको हो । टोरिनोका सिल्भा नास्किमेन्तोले ४३ औँ मिनेटमा आत्मघाती गोल गरेपछि पहिलो हाफमा वुल्भ्सले १–० को अग्रता लिएको हो ।

५९ औँ मिनेटमा जोटाले गोल गरेपछि वुल्भ्सको अग्रता दोब्बर भयो । ६१ औँ मिनेटमा डी सिल्भेस्ट्रीले टोरिनोका लागि एक गोल फर्काए । ७२ औँ मिनेटमा जिमेनेजको गोलबाट वुल्भ्सको अग्रता ३–१ मा पुग्यो ।

८९ औँ मिनेटमा पेनाल्टी पाएर बेलोट्टीले टोरिनोका लागि गोल गरे पनि हार टार्नका लागि त्यो पर्याप्त भएन।

सन् १९८०–८१ यता पहिलोपटक युरोपा लिगका लागि प्रतिस्पर्धा गरिरहेको वुल्भ्स दोस्रो लेगमा पराजित नभएमा वा एक गोलले मात्रै पराजित भएमा पनि समूह चरणमा पुग्ने छ ।