बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

कामना सेवा बैंक र एन पेबीच सम्झौता

दैनिक नेपाल २०७६ भदौ ५ गते १६:४४

काठमाडौँ, ५ भदौ । ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंक र एन पेबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापछि कामना सेवा विकास बैंकका मोबाइल वा इन्र्टनेट बैंकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने ई–कमर्श वेब साइटहरु https://npay.com.np/npay_merchants/ मा गई हेर्न सक्ने छन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न ठाउँहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ र सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप तथा परिमार्जन गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित