३० आश्विन २०८३, शुक्रबार

अलिकती मुस्कुराउ न यार !

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्ली अम्माई /बेल्जियम

“ज्ञानको आधुनिक र उच्चतम रुपनै दर्शन हो। जिबनयापनको लागि गरिएको प्रकृति वा समाजसंग हुने संघर्षको क्रममा भएको ब्यबहारिक अनुभबबाट दर्शन जन्मिन्छ। छोटकरीमा भन्दा दर्शन अघाएकाहरुबाट हैन, अतृप्त र भोका मानिसहरुबाट जन्मिन्छ, “भन्ने कुराबाट नै एनआरएनए बेल्जियमको आम सहमतिबारे केहि मन कल्पनाहरु कोर्न मन लाग्यो।

केहि दिन अगाडीसम्म बेल्जियमको नेपाली समाजबारे संसारभरि नकारात्मक कुराहरु मात्रै धेरै गएको थियो। ‘कहिल्यै मिल्न नसक्ने समाज कहीं छ भने त्यो बेल्जियममा छ, कहिँ नभएका नम्मर वान भाण नेपाली सामाजिक अगुवाहरु डायस्पोरामा कहिँ कतै छन् भने त्यो बेल्जियममा छन्’ भनेर उदाहरण दिईन्थ्यो र अहिलेसम्म दिइदै आएको छ। बाहिर मिलेर हिडेको देखिए पनि बेल्जियमको समाजका अगुवाहरुकै कारण ब्याक्ति ब्याक्तिमा कटुता छ,संघसंस्थाहरुमा वैमनस्यता छ। राजनैतिक दलहरुका बेल्जियम स्थित भात्री संघ संगठनमा मात्र नभएर सामाजिक,जातिय र क्षेत्रीय संस्थाहरुमा समेत गुठ उपगुठहरु बीच मारामार छ’ भनेर नेपाल लगायत अरु देशका नेपालीहरुले बुझ्ने गरेका थिए । अबस्था यथार्थमा त्यस्तै थियो पनि। तर अहिले ति सबै आरोपहरुलाई चकनाचुर पार्ने गरेर नेपाली अभियन्ताहरुले कसैले नचिताएको उत्तर दिए। अत्यान्त सकारात्मक र बेल्जियमका नेपालीहरुलाई मात्र नभएर संसारलाई अचम्मित पार्ने गरेर जवाफ फर्काइ दिए। ‘हामी परिपक्क छौँ र आबस्यक परे हामी बिचका अनगिन्ति कटुताका तगाराहरु एकै लात्तामा भत्काई दिन सक्छौँ’ भनेर संसारले देख्नेगरी पुरुसार्थी नजिर बनाई दिए बेल्जियमका अगुवाहरुले ।

एकता प्रक्रियाको शुरुवात पनि संघर्षको रुपमा एउटा भोकबाट शुरु भयो। कटुता बिरुद्धको भोक, आँफुले आफ्नै टाउकोमा आँफै आगो सल्काएर आँफुलाई रुपान्तरण गर्ने भोक, अर्थात बेल्जियमका नेपालीहरुलाई एक बनाएर आँफुमाथि लाग्दै गरेको आरोपको व्याहारबाट पखाल्ने भोक। बेल्जियमको नेपाली समाज मिलेको छ, र अहिलेसम्म लाग्दै गरेका आरोपहरु गलत साबित भए है भनेर कोहि बोल्ने परेन। एउटै व्याबहारिक उत्तरबाट संसारले बुझ्यो र आँफै चकित भयो। कतैकतै संकाको स्वर सुनियो,’बेल्जियममा त्यस्तो भयो र ? ए हो र ???’ अरु सबैतिरको स्वर क्रमस धिमा भयो।

अब बेल्जियमबासी नेपाली बीच एकताको यो उदाहरण भोलिको लागि एउटा अनुपम उदाहरण बन्ने पक्का छ। ‘हामी एका घरका नेपालीहरु’ बेल्जियमको यो उदाहरणलाई संसारभरी सामाजिक सदभाब र एकताको दर्शनको रुपमा व्याख्या गर्न बाध्य हुनेछौँ। जहानको कलह देखि जहाँको कलहसम्म,संघ भित्रको कलह देखि धनको कलहसम्म,साम्प्रदायिक कलह देखि व्याबहारिक कलहसम्म यो एकताको उदाहरण डायस्पोरामा गज्जबले प्रस्तुत हुनेछ। नमिलेकाहरु बीच यसको मोडेलबारे चर्चा हुनेछ। यो एक सान्ति र एकताका भोकाहरुको, सामाजिक सदभाबका भोकाहरुको र मेलमिलापको बीच दर्शनको रुपमा स्थापित हुनेछ।

केहिले भनेको सुनियो कि ‘यो बेल्जियममा शक्ति सन्तुलनले ल्याएको फेरबदलको परिणाम हो। प्रगतिशील शक्तिहरु मिलेको र प्रजातान्त्रिक शक्तिहरुबीच भएको बेमेलले गर्दा बाध्यतामा एकता भएको हो। कसैले जित्ने बिस्वास गुमाए पछिको एकता हो यो।’ त्यस्तै अर्को चर्चा पनि सुनियो,’ केन्द्रको मतलाई प्रभावित पार्दै बेल्जियमका उमेद्वारहरु बिजयी बनाउने रणनीतिले एकता सम्भब भएको हो। ‘ आंशिक रुपमा त्यो सहि भए पनि त्यत्ति कारण मात्रले यो एकता सम्भब थिएन। कारण जे भएपनि एकता हुनु सबैभन्दा महत्वपुर्ण कुरा हो। कसैले स्वर्ग पुगिने आशामा सत्तल बनायो भने किन बनायो भनेर कसैले कारण खोज्नु अनाबस्यक कुरा हो। महत्वपुर्ण कुरा निर्माण हो। यसभित्र गहन गृहकार्य भएको नदेख्नेहरुले यस्तै कारण दिएर एकता र सान्तिलाई गौण बनाउन खोज्दछन ।

एकताको यो गृहकार्यमा धेरै कठिन आन्तरिक गृहकार्यहरु भएको छ। यसमा जनप्रगतिशील मंचका अध्यक्ष जित लामा लगायतको अथक मेहनत, गंगाधर गौतमको त्रिकोणात्मक अन्तरविरोधलाई हल गर्न खेलिएको भूमिका र त्याग,जन सम्पर्क समितिकी अध्यक्ष सिता सापकोटाको नदीको धारको बिरुद्ध उभिने हिम्मत,प्रबासी नेपाली मंचका अध्यक्ष बोधराज पौड्यालको सहमतिप्रतिको इमान्दार प्रतिबध्दता र लगाब ,अनुजा प्रधान, अर्जुन गुरुङ,पदम गुरुङ लगायतको अनुपम त्यागले यो सम्भब भएको हो। यसमा अन्य अभियन्ताहरुको पनि धेरै मेहनत परेको छ। यसमा ति सबैको नाम लिन सम्भब हुदैन।

त्यस्तै सहमती र एकताको टिम निर्माण हुनुमा अबिभाबकत्व प्रदान गरेका आदरणीय अन्तराष्ट्रिय उपाध्यक्ष कुमार पन्त, सचिब जानकी गुरुङ, युरोप संयोजक शिब बरुवाल,कृषि प्रबर्धन समितिका संयोजक युबराज गुरुङको समेत अथक प्रयासको निस्कर्ष समेत मान्नु पर्छ । छोटकरीमा भन्दा, एनआरएनए बेल्जियमको सहमतिय राष्ट्रिय परिषद निर्माणलाई सार्थक निचोडमा पुर्याउन त्यस्तो अभ्यास बाँकी रहेन जुन नगरिएको होस्।

‘सहमति वा एकता हुन्छ भने मलाई कुनै पद नदिनुहोस तर पनि म एकतामा बाधक नबनिकन मेरा प्रत्यासीलाई बिना हिच्किचाहट समर्थन गर्छु’ भन्ने नेपाली समाज बेल्जियमका सालिन र सुन्दर अग्रजको नाम हो शुबास जोशी। समाजमा एकता र सान्तिको लागि महान त्याग गर्न सक्ने भगतसिंहहरु पनि रहेछन भनेर एनआरएनए बेल्जियमको दिन धेरैले थाहा पाए।

बेल्जियमको नेपाली समाजमा घोलिएको कलह र असान्तिको बिष एकै पटक समाप्त पार्ने कठोर निर्णय गरेर अगाडी बढेका नेपाली गान्धी र मण्डेलाहरु,अब तपाइहरुको अर्को महत्वपुर्ण जिम्मेबारी पनि थपिएको छ। त्यो हो,सान्ति एकता र सहमतिको यो नजिरलाई दिर्घकालसम्म अनुकरणिय,न्यायसंगत र पुजनीय बनाउनु। समाज संधैं तपाइहरुको साथमा खबरदारी सहित रहने छ। बेमेलका बाँकी किटाणुहरु पनि समाप्त पार्ने दिशामा तपाइहरु अब्बल रहनुहोस। बाध्यताले मात्र हैन ,रहर,संकल्प र त्यागले मात्र एकता वा सान्ति सम्भब भएको हो भनेर संसारलाई बताई रहंदा सामाजिक एकतालाई दिगो बनाउने उर्जावान बत्ति निभ्न नदिने तर्फ पनि अलिकति ध्यान दिनुहोला ।

अब उप्रान्त समाजकोलागि यति ठुलो एकताको उपहार दिन सक्नेले घर वा आफ्नो समूह मिलाउन सकेनन भनेर दुनियाँको टिप्पणी सुन्नु पर्यो भने एकता प्रेमीहरुलाई आत्मदाह गर्दाको जत्तिकै पिडा हुनेछ। त्यो तर्फ चनाखो रहनु होला।

संयुक्त मेलमिलाप समितिका प्रतिमुर्तिहरु,यो एकताको आस्थालाई मार्ने वा बचाउने भन्नेमा तपाइहरुको दायित्व पनि गहन हुनु पर्ने छ। बुझी राख्नुस,अब तपाइहरु एनआरएनका मात्र नेता हुनुहुन्न। अबदेखि तपाइहरु बेल्जियमको सामाजिक सदभाब र एकताका दियो हुनुहुन्छ। यो जिम्मेवारी बिगतका अध्यक्षहरुको भन्दा गह्रुंगो छ, सामाजिक सन्तुलनको सम्मान गर्ने कार्य महान हुँदाहुँदै पनि बोझिलो छ। असन्तोषको बिउ ठुलो हुनु पर्दैन,सानो असन्तोषले ठुलो बिग्रह निम्त्याएका अनगिन्ति उदाहरणहरु छन् संसारमा । त्यसको हमेसा ख्याल गर्नुहोला। तपाइहरुलाई समाजले दिएको सम्मान,आस्था र भरोसा त्यहि बिबेकशील सन्तुलनको भरोसामा झुण्डिएको छ। सहमति,सान्ति, आशा र बिस्वासका प्रतिक एनआरएनए अध्यक्ष चित्र सुबेदी, अन्तराष्ट्रिय सदस्य सुबास जोशी लगायत सम्पूर्ण टिमप्रति आफ्नो जिम्मेबारी प्रति डटिरहने साहस बढ्दै जावस। हार्दिक शुभकामना !