६ कार्तिक २०८३, शुक्रबार

स्कुलको पाँच बिघा जग्गा ‘धनी सुकुम्बासी’लाई

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदाै । विद्यालयको ५ बिघा १ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको छ। रौतहटको गुजरा नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालयको कित्ता नम्बर १३७ को एउटै प्लटको जग्गा २०६७ सालमा तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगले व्यक्तिलाई बाँडेको हो । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

सुकुम्बासीका नाममा पुख्र्यौली सम्पत्ति भएका व्यक्तिलाई नै विद्यालयको बाँडेको पाइएको छ। जग्गा सुमित्रादेवी सापकोटा, नवराज खुलाल र पनिलाल चौधरीका नाममा पास गरिएको छ। पनिलालको जग्गा छोरा शंकर चौधरीको नाममा नामसारी भइसकेको छ।

सुमित्रादेवीको नाममा १ बिघा १० कठ्ठा, खुलालको नाममा १० कठ्ठा र चौधरीको नाममा १० कठ्ठा जग्गा मालपोत कार्यालय रौटहटले पास गरिदिएको छ। अरू जग्गा पनि हड्पिएको छ।

सुकुम्बासीको नाम लिएर उनीहरूले यो जग्गा अन्य व्यक्तिलाई बेचिसकेका छन्। सुमित्रादेवीको जग्गा कित्ताकाट गरी कित्ता नम्बर ६८० को एक बिघा मकवानपुरका सुशीलप्रसाद सिनुरियालाई बिक्री गरिएको छ भने कित्ता नम्बर ६६१ को १० कठ्ठा जग्गा मुन्नाप्रसाद सिनुरियालाई बेचिएको छ।

खुलालले कित्ता नम्बर ८६२ को १० कठ्ठा जग्गा काठमाडौंका सुजन कालिका र ८६३ को १० कठ्ठा जग्गा श्रीहरिप्रसाद कालिकालाई बेचिसकेका छन्।

आयोगले सुकुम्बासी भनेर जग्गा दिएका सुमित्रादेवीको नाममा रौतहटमै ३ कठ्ठा जग्गा छ। खुलालका नाममा ७ कठ्ठा १३ धुर छ भने उनको बुबा कृष्ण खुलालको नाममा २ कठ्ठा पुख्र्यौली जग्गा छ। चौधरीको नाममा १३ क्ठा १० धुर जग्गा रहेको मालपोतको अभिलेखमा छ।

तीन पुस्तासम्म जग्गा नभएका, बन्दव्यापार र सरकारी जागिर नभएका व्यक्तिलाई आयोगले जग्गा दिन सक्ने व्यवस्था छ।