सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

लुम्बिनी सम्बन्धी वृत्तचित्रकाे विमोचन

दैनिक नेपाल २०७६ भदौ ४ गते १८:५९

-प्रतिक पौडेल
भैरहवा, ४ भदौ । पत्रकार चेतन पन्तको लुम्बिनी सम्बन्धी वृत्तचित्र विमोचन भएको छ । बुधवार भैरहवामा एक कार्यक्रमबीच नेपाल भ्रमण वर्ष २०२० का सदस्य समेत रहेका पन्तले बनाएको लुम्बिनी सम्बन्धी वृत्तचित्र विमोचन भएको हो ।

विमोचन कार्यक्रम लुम्बिनी प्रेस क्लब रुपन्देहीको आयोजनामा भएको हो । विमोचन प्रदेश नं ५ उधोग, वन, वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री गिरीले वृत्तचित्रले लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सहयोग पुर्याउने बताए । उनले भगवान गौतमबुद्ध संग जोडिएका हरेक क्षेत्रको पनि महत्व वृत्तचित्रले समेट्नु पर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्दै पत्रकार चेतन पन्तले वृत्तचित्र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफुले वृत्तचित्र बनाएको बताउनु भयो । पन्तले पर्यटन प्रवर्द्धनको क्षेत्रमा वृत्तचित्रले उल्लेखनीय भूमिका खेल्ने बताएका हुन् ।

विमोचन कार्यक्रम क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षतामा भएको हो । कार्यक्रमको प्रमुख अतिथिमा मन्त्री गिरी रहेका थिए भने विशिष्ट अतिथिमा सिद्धार्थनगर नगर उपप्रमुख उमा कार्कीले रहेका हुन् ।

कार्यक्रमको अतिथिमा नेपाल पत्रकार महासँघ प्रदेश नं ५ कार्यवहाक अध्यक्ष भरत केसी, नेपाल पत्रकार महासंघ सहसचिव कमल रायमाझी, नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं ५ संयोजक माधव नेपाल, सदस्य सिपी श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघ अध्यक्ष कुल प्रसाद न्यौपाने, लुम्बिनी बिकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराई, सिद्धार्थ होटन एसोसियसनका उपाध्यक्ष विष्णु ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष नरेश केसीले गर्नु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित