सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

स्रोत नखुलेको भारतीय १५ लाख रुपैयाँसहित ५ जना पक्राउ

दैनिक नेपाल २०७६ भदौ ४ गते १६:३०


दाङ, ४ भदौ । दाङमा प्रहरीले श्रोत नखुलेकाे भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई लमही नगरपालिका ९ जलकुण्डीस्थित पूर्व पश्चिम राजमार्गबाट मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका २ प्रेमनगर बस्ने ४२ वर्षीय ससे बिक, ३३ वर्षीया मन कुमारी खत्री, रोल्पा त्रिवेणी गाउँपालिका ९ बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका ८ बस्ने २७ वर्षीय शिव सिंह भनिने पूर्ण बिक र दाङ तुलसीपुर उपमहानगरपालिका ५ बरुवा बस्ने २७ वर्षीया हिरा बिक रहेका प्रहरीले जनाएकाे छ।

ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनीहरुलाई नगदसहित पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित