आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

‘दर्ता नभएको जाहेरी दर्ता भयो भन्दै हल्ला गर्नेविरुद्ध के हुन्छ ?’

दैनिक नेपाल २०७६ भदौ ४ गते १६:०८

काठमाडौँ, ४ भदौ । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई लिएर प्रहरीमा जाहेरी गरिएको भनी हल्ला गरेर मानमर्दन गरिएको बताएका छन् ।

शालिकरामले आत्महत्या गर्नुअघि रेकर्ड गराएको भिडियो सार्वजनिक गरेको भन्दै बुधबार काठमाडौं प्रहरी परिसरमा जाहेरी गर्न जाँदा जाहेरी दर्ता गरेको भन्दै सामाजिक सञ्जालमा हल्ला गरेर आफ्नो सामाजिक तथा सार्वजनिक मानमर्दन गरिएको श्रेष्ठले बताएका छन् ।

‘आज यसैमा फण्डा मच्चाउँदै केहीले हाम्राविरुद्ध साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनियो, पत्रकारले तथ्यमा टेकी लेखेका समाचारउपर मुध्दा दर्ता हुन्छ भने अब यति कुरा सोध्नैपर्ने भयो, म यिनका विरुध्द केस दर्ता गर्न पुलिसमा जाँदैछु भनी फेसबुकमा स्ट्याटस लेखेर दर्तै हुन नसकेको, नपाएको केस दर्ता भैसक्यो भनी होहल्ला गराएर सामाजिक र सार्वजनिक रुपमा हाम्रो मानमर्दन गर्नेहरुविरुद्ध के हुन्छ ?’ उनले लेखेका छन्, ‘आफूमाथिको आरोपलाई विषयान्तर गर्नको निम्ति ती चेली अस्मिता कार्की रुकुको निजी संवाद आफ्नो च्यानलमार्फत छरपष्ट पार्नेहरुविरुद्ध के हुन्छ ?’

प्रेस काउन्सिलका कार्यवहाक अध्यक्ष समेत रहेका श्रेष्ठले शालिकराम प्रकरणको भिडियो उनकै परिवारबाट पाएर निष्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित भई एक साताअघि समाचार प्रकाशन गरेका बताएका छन् ।

यस्तो छ उनको स्टाटस् 

मैले एक हप्ताअघि नै भनेको र लेखेको छु-“शालिकराम प्रकरणको भिडियो उहाँकै परिवारबाट पाएर निस्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित हुँदै हामीले समाचार प्रकाशन /प्रशासन गरेका हौं !” हिजो अधिवक्ता सुनिल पोख्रेल आफैले चितवनमा पत्रकारहरुका सामु (हामीले शुरुदेखि जे भन्दै आएका थियौं) त्यही भन्नुभएको छ,अर्थात भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मीनेट २८ सेकेन्डको र अर्को ४ मीनेट ५८ सेकेण्डको !

आज यसैमा फण्डा मच्चाउँदै केहीले हाम्राबिरुध्द साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनियो,पत्रकारले तथ्यमा टेकी लेखेका समाचारउपर मुध्दा दर्ता हुन्छ भने अब यति कुरा सोध्नैपर्ने भयो-म यिनका बिरुध्द केस दर्ता गर्न पुलिसमा जाँदैछु भनी फेसबुकमा पहिले नै स्ट्याटस लेखेर,दर्तै हुन नसकेको,हुन नपाएको केस दर्ता भैसकेको होहल्ला गराएर सामाजिक र सार्वजनिक रुपमा हाम्रो मानमर्दन गर्नेहरुबिरुध्द अब के हुन्छ ? आफूमाथिको आरोपलाई बिषयान्तर गर्नको निम्ति ती चेली अस्मिता कार्की “रुकु” को निजी सम्बाद आफ्नो च्यानलमार्फत छरपस्ट पार्नेहरुबिरुध्द के हुन्छ ? 

हामीले परिवारबाट पाएको भिडियो भन्दाभन्दै Conspiracy Theory अन्तर्गत निशाना अन्ततिर सोझ्याउने र उल्टो अनेक लान्छना मृतक शालिकरामबिरुध्द लेख्दै हिंड्नेहरुबिरुध्द के हुन्छ ? मेरो अमेरिकी पासपोर्ट खोसेर मलाई नेपाली नागरिकता लिन लगाउने ? पख् तेरो पनि पासपोर्ट खोसेर देखाइदिन्छु भन्दै बदलाको कार्यक्रम प्रशारण गर्नेहरुबिरुध्द के हुन्छ ? १६ बर्षअगाडि सबैतिरबाट सफाइ पाएको आत्महत्याको केसलाई हत्या नै हो भन्दै आफ्नो च्यानलमार्फत फैसला सुनाउनेहरु बिरुध्द के हुन्छ ? ॐ अस्पतालमा सिन्धुपाल्चोककी गरिब बिमारी रामप्यारी उपचारको गडबडीका कारण अकाल मृत्युको मुखमा पुगेको त्यति चर्चित प्रकरण ससुराली नाताको कारण गुपचुप गराउनेबिरुध्द के हुन्छ ?

यो पनि 

रवि लामिछानेकी पत्नीले ‘क्षेत्राधिकार बाहिर’को उजुरी दिन खोजेपछि प्रहरीले फिर्ता पठायो

प्रतिक्रिया
सम्बन्धित