आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

रवि लामिछानेपत्नी पौडेल तीन जनाविरुद्ध उजुरी बोकेर काठमाडौं परिसरमा

दैनिक नेपाल २०७६ भदौ ४ गते १४:१७

काठमाडौं, ४ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धानका क्रममा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेपत्नी निकिता पौडेल तीन जनाविरुद्ध उजुरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार दिउँसो पुगेकी छन् ।

लामिछानेविरुद्धको मुद्दामा भिडियो किर्ते गरेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमूख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध उजुरी तयार पारेकी छन् ।

काठमाडौं प्रहरी प्रमूख उत्तम सुवेदी कार्यालयमा नरहेका कारण उजुरी दर्ता प्रक्रिया अघि बढेको छैन ।

मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न लागेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिएको विवरणहरूमा उल्लेख छ ।

२० साउनमा चितवनको नारायणगढ बसपार्कस्थित कांगारु होटलमा पत्रकार पुडासैनीको शव झुन्डिएको अवस्थामा भेटिएको थियो । आफूलाई आत्महत्या गर्न बाध्य बनाउने लामिछाने, न्युज २४ टेलिभिजनका पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई फाँसीसम्मको सजाय दिनुपर्ने भन्ने पुडासैनीको भिडियो बाहिरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित