आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा, प्रधानमन्त्रीसँग भेटवार्ता

दैनिक नेपाल २०७६ भदौ ४ गते १४:०७

काठमाडौं, ४ भदौ । दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनका लागि काठमाडौं उत्रिएका विदेशमन्त्री जयशंकरलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए ।

नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीलगायतको टोली उनको स्वागतका लागि विमानस्थल पुगेको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा नेपाल–भारत सम्बन्धमा कुराकानी हुनुका साथै उनको स्वास्थ्यका विषयमा जयशंकरले जानकारी लिने जनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित