बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

भारतीय पूर्वजर्नेल भन्छन्– नेपालमा भारतविरोधी भावना बढ्नुमा जयशंकर पनि जिम्मेवार

दैनिक नेपाल २०७६ भदौ ४ गते ११:५१

काठमाडौं, ४ भदौ । नेपाल मामिला जानकार मानिने भारतीय सेनाका अवकाशप्राप्त जर्नेल अशोक मेहताले नेपालमा भारतविरोधी भावना बढ्नुमा आफ्ना विदेशमन्त्री एस जयशंकर पनि जिम्मेवार रहेको बताएका छन् ।

नरेन्द्र मोदीको दोस्रो कार्यकालका विदेशमन्त्री जयशंकर बुधबार एउटा विदेशमन्त्रीस्तरीय बैठकका लागि काठमाडौं आउँदैछन् । मन्त्री भएपछि उनको पहिलो नेपाल भ्रमण हो भने विदेश सचिव हुँदा चार बर्षअघि मोदीका विशेष दूतका हैसियतमा उनी नेपाल आएका थिए ।

उनले संविधान तत्काल जारी नगर्न दिएको सुझाव नेपाली राजनीतिक दलले नलिएपछि भारतले अघोषित नाकाबन्दी गरेको बुझाई छ ।

त्यसपछि भारतविरोधी भावनाले नेपालमा अझ जरा गाडेको बुझाई विज्ञहरूले गरेका छन् । अविश्वास बढाउनका लागि जयशंकरले भ्रमणमा प्रभावकारी प्रस्तुती देखाउनुपर्ने विश्लेषण मेहताले गरेको बीबीसीले लेखेको छ ।

मेहताले भनेका छन्,‘त्यसैले भारत–नेपालको विशेष सम्बन्धलाई अझै उचाइमा र्पुयाउन अहिलेको भ्रमणमा उनले आफ्नो विगत बिर्साउने गरी विश्वसनीयता कायम गर्न सक्नुपर्छ ।’

जयशंकरले काठमाडौं उत्रिनासाथ पहिलो भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग गर्ने बताइएको छ । नाकाबन्दी हुनासाथ ओली प्रधानमन्त्री भएका थिए भने उनलाई भारतविरोधी कित्ताको नेता रहेको भनी मोदीको कान फुक्नमा जयशंकरको ठूलो हात रहेको नेपालीको बुझाई थियो ।

मेहताले त यतिसम्म भनेका छन् की जयशंकरले काठमाडौंमा कुनै बौद्धिक मञ्चसँग समन्वय गरी त्यसबेलाको कामका लागि जयशंकरले पश्चाताप गरे उचित हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित