सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

खुल्यो लेडी केयर व्युटी जोन

दैनिक नेपाल २०७६ भदौ ४ गते ८:४६

काठमाडौं, ४ भदौ । आधुनिक सहरमा सौन्दर्य क्षेत्रमा लगानीको क्रम बढिरहेका बेला ललितपुरको नखिपोट विशाल चौकमा लेडी केयर ब्युटी जोन खुलेको छ ।

बरिष्ठ व्युटिसियन सोनि कारञ्जितले रिवन काटेर व्युटी जोनको उद्घाटन गरेकी थिइन् । ‘यो व्यावसायीक मात्र नभएर अहिले संसारमा चलेको सौन्दर्यताको आवश्यकताको एक इँटा थपियो भन्ने बुझेकी छु’, कारञ्जित भन्छिन्,‘विश्वबजारमा नै सौन्दर्य उद्योगले फड्को मारिरहेको छ, नेपाल पनि यसैको लयमा हिँडेको छ ।’

‘अहिलेको समय सौन्दर्यताका लागि पनि छुट्याउनुपर्छ भन्ने मान्यता बढेको छ । सुन्दर हुन चाहना कसलाई हुँदैन र ? त्यसलाई मध्यनजर गरी हामीले व्युटी जोन स्थापना गरेका हौं’, सञ्चालिका भावना ढकाल भन्छिन्,‘खासगरी महिलाका लागि मात्र भएकाले पनि यसको नामको विशेषता त्यस्तै देखिन्छ ।’

स्थापना गरेको तथा महिलाहरुको महान् चाड हरितालिका तिजका अवसरमा भदौ १६ गतेसम्मका लाग सेवा शुल्कमा ३० प्रतिशत छुट गरिएको ढकालले बताइन् ।

१० लाख भन्दा बढीको लगानी गरिएको व्युटी जोनमा सबै प्रकारका सेवा दिन सकिने सञ्चालक बताउँछिन् । ‘मेनिकेयर, पेडिकेयर, हेयर कटिङ, मेकअप, ब्राइडल मेकअप, फेसियललगायतका सबै सेवा दिन सक्छौं’, सञ्चालक मध्येकी पूजा गौतम भन्छिन्,‘हाम्रो सीप अरुको सौन्दर्यताका लागि उपयोग होस् भन्ने मान्यता पनि हो ।’

प्रतिक्रिया
सम्बन्धित