सोमबार, ३० भदौ २०७६
DainikNepal.com
सोमबार, ३० भदौ २०७६

रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो

दैनिक नेपाल २०७६ भदौ ३ गते १३:३५

काठमाडौँ, ३ भदौ ।  जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछानेसहित तीन जनालाई म्याद थप्नका लागि चितवन जिल्ला अदालतमा उपस्थित गराएको छ ।

अनुसन्धानका लागि पाँच दिनको समय सकिएपछि प्रहरीले म्याद थप्नका लागि चितवन जिल्ला अदालत उपस्थित गराएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

म्याद थपेपछि आजै लामिछानेसँग थप बयान लिइनेछ । लामिछानेसहित न्यूज २४ मा कार्यरत पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई पनि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

लामिछानेसहित तीन जनालाई पत्रकार पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लागेको छ । पुडासैनीको परिवारको तर्फबाट प्रहरीमा किटानी जाहेरी समेत परिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित