
काठमाडौँ, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने बैठकमा पार्टीमा बाँकी रहेको सांगठनिक एकीकरणको काम टुंग्याउने गरी छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
प्रवक्ता श्रेष्ठका अनुसार नेकपामा अनुशासन आयोग, निर्वाचन आयोग, वित्त आयोग र जेष्ठ कम्युनिष्ट मञ्च लगायबारे निर्णय हुन बाँकी छ ।
बैठकमा महानगरका अध्यक्ष र सचिवको जिम्मेवारी तोक्ने बारे पनि निर्णय हुने बताइएको छ ।
प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आजै साँझ ५ बजे सर्वदलीय बैठक समेत बोलाएका छन् ।
उनी उपचारका लागि पर्सी विहीबार फेरि सिंगापुर जाँदैछन् ।















प्रतिक्रिया