आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

म्यानचेस्टर युनाइटेड र उल्भरह्याम्टनसँग बराबरीमा रोकिए

दैनिक नेपाल २०७६ भदौ ३ गते ६:४६

लण्डन, ३ भदाै । पउल पोग्वाले पेनाल्टी गुमाउँदा इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग बराबरीमा चित्त बुझाएको छ ।

उल्भ्सको घरेलु मैदानमा भएको खेलमा युनाइेटडले एक गोलको अग्रता जोगाउन सकेन भने पाएको पेनाल्टीको पनि सदुपयोग गर्न सकेन । खेलको २७ औं मिनेटमा एन्टोनी मार्टियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

क्लबका लागि ५० गोल गोल पुरा गरेका छन । पहिलो हाफमा एकगोलको अग्रता बनाएको युनाइेटड विरुद्ध घरेलु टिम उल्भ्सले ५५ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका रुवेन नेभेसले उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याए । त्यसपछि ६८ औं मिनेटमा युनाइटेडले अर्को गोलको मौका पाएको थियो । उसले पाएको पेनाल्टीमा पउल पोग्बा पूर्ण रुपमा चुक्न पुगे ।

गएको सिजनदेखि अहिलेसम्म पोग्वाले पेनाल्टी गुमाएको यो पहिलो पटक हो । यो सिजनको पहिलो खेलमा चेल्सीमाथि चार शून्यको प्रभावशाली जित निकालेको युनाइेटडले गएराति पाएका मौकाको राम्रो सदुपयोग गर्न नसक्दा अंक बाढ्नुपर्‍यो ।

खेलपछि प्रशिक्षक ओले गुनरले रासफोर्ड र मार्टियन फ्रन्टलाईन अझ क्लिनिकल हुन आवश्यक रहेको बताए । योसँगै युनाइेटडले दुई खेलमा चार अंक बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित