बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

१२ वटा जीवित सुनगोहोरोसहित एकजना पक्राउ

दैनिक नेपाल २०७६ भदौ २ गते १९:५५

विराटनगर, २ भदौ । जङ्गली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई प्रहरीले कारवाही अघि बढाएको छ ।

मोरङको सुनवर्षी नगरपालिका–८ हर्चगढीस्थित सिक्टी डायनियाको भित्री सडकखण्डस्थित पथरी शनिश्चरे नगरपालिका–६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई १२ थान जीवित सुनगोहोरेसहित पक्राउ गरिएको प्रहरीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बरामद सुनगोहोरोलाई जिल्ला डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक राजुकमार खिउंजुले जानकारी दिनुभयो ।यसैगरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको ११५ स्थानीय जातका कुखुरा बरामद गरी प्रहरीले आज नष्ट गरेको छ । सो कुखुरा रु ६१ हजार मूल्यबराबरको थियो । –रासस

प्रतिक्रिया
सम्बन्धित