आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु 

दैनिक नेपाल २०७६ भदौ २ गते १९:०५


रौतहट, २ भदौ । आफ्नै खेतमा पानी तान्ने मोटरबाट पानी कटाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

परोहा नगरपालिका ६ बसन्तपट्टी बस्ने ५० वर्षीय दुला राउतको सोमबार बिहान मृत्यु भएको छ । करेन्ट लाग्दा गम्भीर घाइते भएका राउतको जिल्ला सरकारी अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित