
काठमाडौँ, १ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने तयारी गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
जनवर्गीय र भातृसंगठनको इन्चार्ज सहइन्चार्ज तोक्ने, विशेष कमिटी गठनको एजेण्डा, सचिवालय सदस्य झलनाथ खनालको वरियतालगायतका विषयमा छलफल आजको बैठकमा छलफल हुनेछ । विशेष कमिटीलाई प्रदेश कमिटीको मान्यता दिइनेछ ।
जिम्मेवारी नपाएका केन्द्रीय सदस्यलाई जनसंगठनको इन्चार्ज र सहइन्चार्ज तोक्ने तयारी गरिएको नेकपाले जनाएको छ । सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो ।
आजै बिहान अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि छलफल भएको थियो ।















प्रतिक्रिया