शुक्रबार, ३ असोज २०७६
DainikNepal.com
शुक्रबार, ३ असोज २०७६

समृद्धिका यात्रामा हामी कति साधक ?

वि.वि. श्रेष्ठ २०७६ भदौ १ गते १५:१८

-वि.वि. श्रेष्ठ

सजिवता केवल व्यक्ति केन्द्रित बन्दछ तव नैतिक प्रश्न खडा हुन्छ । सिमित स्वार्थका लागि गरिने कर्म कसरी सजिवताको परिभाषा भित्र अंकित रहला ? व्यक्तिको चेतना अनुसार जीवनको परिभाषा फरक–फरक भएता पनि स्वार्थताको जालोले त्यो परिभाषा बन्धक बन्न सक्दैन ।

सामुहिकताको भावना मनको अन्तरकुन्तरमा नभएको भावले जेलिएको समाजमा बाधिएको मानव जातिको भूमिकामा समृद्धिको यात्रामा हामी कति साधक बन्यौ भन्ने सोचले केहिलाई भने पोल्दो रहेछ । धर्म संस्कृति, रितिरिवाजका नाममा गरिने हत्कण्डा र त्यसले मानव जीवनमा पार्ने अमानवीय गतिविधिले कतै समाज परिवर्तनका लागि बाधक त बनिरहेको छैन भन्ने प्रश्नले गिज्जाईरहेको छ । जीवन केवल व्यक्तिगत स्वार्थ र आर्थिक रुपमा सम्पन्न हो भन्नेहरुका भीडमा त्यो भन्दा फरक जीवन हुनुपर्दछ भन्ने सोच्नेहरु हाँसको समूहमा बकुल्लो शिवाय केही हुन सक्दैन । संसारमा असंख्य जीवहरुको आफ्नै जीवन हुन्छन् भन्ने एकमात्र सत्य समेत बुझ्न नसक्ने मानव जाति समाजको सर्वश्रेष्ठ प्राणीको रुपमा दर्ज हुन पुग्यो ?

समाज परिवर्तनका लागि मुख्य पाटो व्यक्तिको चेतना हो भन्ने हेक्का समयमा हुदो हो त हजारौँ आमाहरुले आफ्नो सन्तान गुमाउने पर्ने थिएन भने आफन्तले आफ्नो मान्छे ।

सिङ्गो समाज हुँदै देश र विश्व परिवर्तन गर्ने आशा गरेका महान भनाउँदा नेताहरु जनताका रुपमा सवैभन्दा ढोँगी, अवसरवादी र स्वार्थमा दरिन पुगे । आफ्नै ज्यान धरापमा राखेर समाज र देश परिवर्तनका लागि ज्यान गुमाउनेको सपनामा त्यहि स्वार्थ केन्द्रित नेताहरुको अहंकारवादी सोच र स्वार्थको जंजीरले बिर्को बन्द गरिदियो । समाज परिवर्तन र व्यक्तिको सोँच परिवर्तन अलग अलग पाटो हो भन्ने समेत हेक्का राख्न नसक्दा देशमा हजारौँको सहादत, अंगभंग र गुमनाम हुन पुगे । समाज परिवर्तनका लागि मुख्य पाटो व्यक्तिको चेतना हो भन्ने हेक्का समयमा हुदो हो त हजारौँ आमाहरुले आफ्नो सन्तान गुमाउने पर्ने थिएन भने आफन्तले आफ्नो मान्छे ।

निश्चय पनि समृद्धि र विकास सहज रुपमा प्राप्त हुँदैन, त्यसको लागि परिवर्तनकारी सोच र नेतृत्व आवश्यक पर्दछ । जुन विश्वको ईतिहासले पनि प्रमाणित गरेको छ । नेतृत्वको सोच र शैली सदावहार समान हुन सक्दैन । त्यहि नेतृत्वबाट सदावहार त्यहि शैलीको आशा र अपेक्षा राख्नु भनेको आम मानवको कमजोरी हो । भलै यति धेरै परिवर्तनको नेतृत्वकर्तामा यति धेरै स्वखलन आउनु पनि त्यसैको स्वरुप हो । त्यहि कमजोरीको जंजालमा बाधिने हामीहरु झन् मुर्ख हौँ । समयको दौरानमा परिवर्तनको रुपरुेखा हरेकमा हुने गर्दछ भन्ने कुराको भेउ समेत नपाउनु, र सधै अर्काको मुख ताक्नु हामीमा आफैमा विश्वास नहुनु हो । जुन हामीले विगतदेखि वर्तमान हुँदै भविष्यसम्म अंगिकार गर्नेछौँ ।

सबैमा आफ्नो काम आफै गर्नुपर्दछ र आफूलाई चिन्न प्रयत्न गर्नुपर्दछ भन्ने हेक्का भयो भने परिवर्तन र समृद्धि खोज्न टाढा जानु पर्दैन । फगत विचार र विश्लेषण भन्दा पनि अर्काको धारणामा बग्नेहरु देश परिवर्तन गर्ने जिम्मा सिमित नेताहरुको मात्र हो भन्ने बुझे, सबैभन्दा ठूलो कमजोरी यही बनिदियो ।

गुण र अवगुण सवैमा समान हुँदैन । चेतनाको फरकपनमा त्यसको क्रियाशिलता झल्कन्छ । सवैमा गुण र सवैमा अवगुण भन्ने सोच कमजोर मानसिकताको द्योतक मात्र हो । आफनो भूमिका र आफ्नो चेतनास्तरको मापन गर्न नसक्ने हामी मानवजातिहरु अर्काको कमजोरीमा नै आफूलाई सफल दर्ज गर्न अभ्यासरत बनिरहेका छौँ । जब आफूलाई आफ्नो शक्ति, गुण, अवगुण र भूमिकाको महत्वको ज्ञान हुदैन, सबैले गर्ने भनेको नै अर्काको कमजोरी खोज्ने हो । सबैमा आफ्नो काम आफै गर्नुपर्दछ र आफूलाई चिन्न प्रयत्न गर्नुपर्दछ भन्ने हेक्का भयो भने परिवर्तन र समृद्धि खोज्न टाढा जानु पर्दैन । फगत विचार र विश्लेषण भन्दा पनि अर्काको धारणामा बग्नेहरु देश परिवर्तन गर्ने जिम्मा सिमित नेताहरुको मात्र हो भन्ने बुझे, सबैभन्दा ठूलो कमजोरी यही बनिदियो । यहि पृष्टभूमिमा घोत्लिएको हामी युवा होस वा मानव जाति त्यहि नेताहरुलाई नै दुत्कार्न अभिप्रेरित बनिरह्यौँ ।

समृद्धिका लागि विकास, परिवर्तनका लागि हातेमालो, यसलाई मलजल गर्नका लागि व्यक्तिको चेतनास्तर वृद्धि हुन पुर्दछ । व्यक्तिको आर्थिक तथा भौतिक रुपमा विकास र समृद्धि हो भन्ने गलत बुझाईमा जकडिएको हामी त्यसको नै मलजलमा लिप्त बनिरह्यौँ । समग्र विकासमा मुख्य कडीका रुपमा रहेको राज्य व्यवस्था आज नेपालको सन्दर्भमा धेरै अगाडी बढिसक्यो । राणाशासन हुदै, राजतन्त्र, प्रजातन्त्र हुदै गणतन्त्रमा आईपुग्दा समेत सिमित व्यक्तिको आर्थिक रुपमा सम्पन्न हुनु भन्दा पृथक हुन सकेन । यो सबको कारक तत्व खोज्न आवश्यक बनेको छ । समृद्धिका नारा केवल नारामा मात्र सिमित राख्ने कि कार्यन्वयनमा आगाडी बढ्ने भन्ने कुराले आज महत्व खोजेको छ । सधै नेतालाई मात्र गाली गरेर जीवन व्यतित् गर्न माहिर हामीहरु समाज रुपान्तरणमा हाम्रो भूमिका के भन्ने हेक्का राख्ने सोच विकास गर्न सकेनौँ । जव आफूूमा कर्म गर्ने हिम्मतको विकास हुँदैन त्यसपछि अर्काको खुट्टा तान्ने प्रवृत्तिलाई नै जीवन देख्ने सोचबाट हामी कदापी माथि उठ्ने हिम्मत गरेनौँ । यहि नै समाज परिवर्तन र समृद्धिका लागि मुख्य बाधक बनिदियो ।

स्वार्थ केन्द्रित सोचबाट थलिएको हामी आम मानव जाति समाज र देशप्रति जिम्मेवार बन्ने हो भने समृद्धि र विकास कदापी टाढा छैन । व्यक्तिको सोच, क्षमता र क्रियाशिलता समयको गतिसँगै उतार–चढाव हुन्छ भन्नेसम्म बुझ्न नसक्ने हाम्रो सोच नै दोषी हो ।

देश र समाज परिवर्तन गर्ने जिम्मा केवल केही नेताको मात्र हो भन्ने भ्रम जवसम्म हामीबाट हट्दैन, तवसम्म परिवर्तन र समृद्धिका नारा देखाउने दाँत मात्र बन्नेछ । जव कोही धर्तीमा जन्मनेछ, तव उसको पनि देश र समाजप्रतिको उत्तरदायित्व रहन्छ भन्ने कुरा बुझ्न ढिला गर्नु हुदैन । स्वार्थ केन्द्रित सोचबाट थलिएको हामी आम मानव जाति समाज र देशप्रति जिम्मेवार बन्ने हो भने समृद्धि र विकास कदापी टाढा छैन । व्यक्तिको सोच, क्षमता र क्रियाशिलता समयको गतिसँगै उतार–चढाव हुन्छ भन्नेसम्म बुझ्न नसक्ने हाम्रो सोच नै दोषी हो । धर्तिमा कोही पनि भगवान र दानव हुन सक्दैन । सबै मानव नै हो, त्यसैले मानव जातिमा कमजोरी भनेको उसको गुण र अवगुण हो । जुन तरल हुन्छ । स्थिर हुदाँ त्यसको प्रभाव बढ्ने र अस्थिर हुदाँ त्यसको प्रभाव घट्ने स्वयंसिद्ध तथ्य हो ।

कसैले विगतमा खेलेको भूमिकाको सधै त्यहि अपेक्षा राख्नु भनेको आम मानव जातिको कमजोरी हो । समयको गतिसँगै व्यक्तिको चेतना, योग्यता, क्षमता र क्रियाशिलतामा पनि उतारचढाव हुन्छ जुन नेपालको राजनीतिमा पनि देखिएको छ । अहिलेको परिणाम त्यसैको प्रभाव हो । अत : यो सबै विषयवस्तुलाई मध्यनजर गरेर हामीले खेल्ने भूमिकाले नै समाज परिवर्तनमा मुख्य भूमिका खेल्दछ । त्यहि अन्तरभावमा छल्किएको छालले सोधिरहेछ, समृद्धिका यात्रामा हाम्रो भूमिका कति साधक ?

प्रतिक्रिया
सम्बन्धित