४ कार्तिक २०८३, बुधबार

रवि लामिछानेलगायतविरुद्ध पुडासैनी पत्नीको किटानी उजुरी !

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको दाबी गरिएको छ ।

चितवनमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी पत्नी सम्झना घिमिरे पुडासैनीले किटानी जाहेरी दिएको स्रोतले दाबी गरेको छ ।

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनीले आत्महत्या गरेपछि उनको भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफूले देहत्याग गर्न लागेको बयान गरेका थिए ।

सामाजिक सञ्जालमा भने उक्त भिडियोेलाई विवादीत बनाउँदै पक्ष र विपक्षमा बहस चलिरहेको छ ।

२० साउनमा चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा पुडासैनी मृत फेला परेका थिए ।

यता परिसरका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) होविन्द्र बोगटीले त्यस्तो कुनै उजुरी आफ्नो टेबुलसम्म आइनपुगेको बताए । तर, उनले आएको खण्डमा त्यस्तो उजुरीलाई सिधै सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइने जानकारी दिए ।