आइतबार, २९ भदौ २०७६
DainikNepal.com
आइतबार, २९ भदौ २०७६

पूजा परियारकाे हत्या

दैनिक नेपाल २०७६ भदौ १ गते ८:३५

गाेरखा, १ भदाै । गोरखा जिल्लाकाे गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २० वर्षीय याकुव परियारले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

शनिबार राति १० बजेतिर श्रीमती पूजा परियारमाथि खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

याकुव परियार मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए । उनले औषधि सेवन गर्न छोडेको एक महिना भएको थियाे ।

याकुव परियारलाई प्रहरीले शनिबार राति नै पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित